द्वन्द्व पींडितलाई विकास अभियानमा जुट्न आग्रह

स्थानीय शान्ति समिति दैलेख संयोजक पार्वती बिशुन्केले द्वन्द्वको समयको पींडालाई अव विकास अभियानमा बदल्नुपर्ने बताएकी छन् । सशस्त्र द्वन्द्वबाट मारिएका र वेपत्ता परिवारका बालबालिकालाई शैक्षिक सामग्राी वितरण गर्न नौमूलेमा आज आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै बिशुन्केले सशस्त्र द्वन्द्वको समयमा जिल्लामै सर्वाधिक असर परेको कारण पीडितहरुलाई शान्ति समिति लगायतका निकायहरुले सहायता पु¥याउन प्राथमिकता दिएको बताईन्।
सहयोगहरुको उचित सदुपयोग गर्न संयोजक बिशुन्केले सुझाव दिएकी छन् ।
‘सशस्त्र द्वन्द्वको पींडा धेरथोर सबैले बोध गरेका छन् । पींडालाई सम्झेर रुने होइन, शोकलाई शक्तिमा बदलेर नौमूलेको विकासका लागि जुट्न नेता, कार्यकर्ता र सर्वसाधारण सबैले हातेमालो गर्नुपर्छ ।’
त्यस बखत नौमूले गाउँपालिका वडा नं. ८ चौराठाका वडाध्यक्ष मोहन रानाले नयाँ निर्वाचित जनप्रतिनिधिसंग सशस्त्र द्वन्द्व पीडितहरुले धेरै अपेक्षा राखेकोले शान्ति समिति मार्फत राहत तथा पुनस्र्थापनाका कार्यक्रमहरु अझैं आवश्यक भएको बताए ।
कार्यक्रममा भैरव मावि नौमूलेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगनबहादुर बस्नेतले सरकारी र गैरसरकारी क्षेत्रबाट सशस्त्र द्वन्द्व पीडितहरुको सहायताका लागि भएका लगानीहरुको अपेक्षाकृत प्रतिफल नआएको टिप्पणी गरे । उनले प्राप्त श्रोतको उचित सदुपयोग गर्नु लाभग्राहीकै दायित्व भएको बताए ।
कार्यmक्रममा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष हरिलाल सलामी, स्थानीय शान्ति समितिका सदस्य रणबहादुर सिंह र स्थानीय सेवाग्राहीले समेत सशस्त्र द्वन्द्व पीडितका बालबालिकाका लागि दिइएको शैक्षिक सामग्रीको उपयोगिता बारे जानकारी दिएका छन् ।
सशस्त्र द्वन्द्वको क्रममा मारिएका र वेपत्ता परिवारका ५० बालबालिकालाई झोला, कापी, ज्यामिती बक्स र कलम समेतका शैक्षिक सामग्री वितरण गरिएको थियो ।
कार्यक्रममा स्थानीय शान्ति समितिका सदस्यहरु हिक्मत बिक, अमर सुनार, सचिव सन्तोषी प्याकुरेल पनि कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार